काठमाडौं चौबिसै घण्टा खुला कति सम्भव ?
nepallive.com · Thu Nov 19 09:21:49 UTC 2026

काठमाडौं - काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुला गर्ने तयारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले अघि बढाएको छ । यसका लागि आवश्यक सुरक्षा व्यवस्था तथा न्यूनतम पूर्वाधारको सुनिश्चितता गर्ने विषयमा प्रशासनले रणनीतिगत तयारी गरिरहेको जनाएको छ ।
प्रशासनले सूचना जारी गर्दै काठमाडौंका दरबारमार्ग र ठमेलजस्ता क्षेत्र यसअघि नै चौबिसै घण्टा खुला गर्ने निर्णयअनुसार सञ्चालनमा रहेको जनाएको छ । प्रशासनका अनुसार संघीय राजधानीसमेत रहेको काठमाडौं जिल्लाका सम्पूर्ण क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने उद्देश्यसहित आवश्यक तयारी भइरहेको छ । त्यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी तथा सडक बत्तीको पर्याप्त व्यवस्था गर्नुपर्ने प्रशासनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)