मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंका सडकमा २५ हजार ५०० वर्गमिटर खाल्डाखुल्डी पुरियो

laligurash.com · Thu Nov 19 09:07:54 UTC 2026

काठमाडौं । काठमाडौंका सडकमा देखिने खाल्डाखुल्डी मर्मत गर्ने अभियानअन्तर्गत सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा २५ हजार ५०० वर्गमिटर क्षेत्रफल बराबर सडक मर्मत गरेको छ। कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार २०८३ साउनदेखि कात्तिकसम्म रोड एम्बुलेन्स तथा नियमित मर्मतसम्भार ठेक्कामार्फत सडकका खाल्डा पुरिएको हो। सडकको अवस्था सुधार गरी सर्वसाधारणको यात्रा सुरक्षित र सहज बनाउने उद्देश्यले मर्मतसम्भारको कामलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (laligurash.com)