मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अघि बढ्यो पीपीए, तत्काल एक हजार मेगावाट क्षमताका कम्पनीसँग सम्झौता

himalpress.com · Thu Nov 19 09:18:47 UTC 2026

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत् खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठकाे निर्देशनमा प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका विभिन्न सरकारी कम्पनीसँग पीपीए गर्न लागेको मन्त्रालयले बिहीबार जनाएको छ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले सरकारी स्वामित्व भएका कम्पनीहरुसँग पीपीए गर्ने तयारी पूरा भएको जानकारी दिए। उनले यसै हप्ताभित्र प्राधिकरण बोर्डबाट निर्णय गरिने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)