उपत्यकालाई केन्द्रबिन्दु बनाएर लागुऔषधको अवैध कारोबार, स्कुल बसका चालकसहित ४ जना पक्राउ
ratopati.com · Thu Nov 19 10:12:11 UTC 2026

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले उपत्यकालाई केन्द्रबिन्दु बनाएर लागुऔषधको अवैध कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ। ब्यूरोले उनीहरूको साथबाट ८८ ग्राम खैरो हेरोइन (ब्राउन सुगर), लागुऔषध तौल गर्ने डिजिटल तराजु र नगद रकमसमेत बरामद गरेको छ।
ब्यूरोका अनुसार, गत असोज ३० गते लागुऔषध अपराधविरुद्ध सञ्चालित विशेष अप्रेशनका क्रममा काठमाडौंको गोकर्णेश्वर र ललितपुर महानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका २७ वर्षीय समिर तामाङ, दोलखाका ३० वर्षीय दिनेश वाइबा, काभ्रेपलाञ्चोकका ३० वर्षीय राज रसाइली र भारत बिहारका २२ वर्षीय कमलेश कुमार साह रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)