उपत्यकामा ८८ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ
kendrabindu.com · Thu Nov 19 10:24:20 UTC 2026

काठमाडौं । उपत्यकालाई केन्द्र बनाएर सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा ८८ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले कात्तिक ३० गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ र ललितपुर महानगरपालिका–१५ बाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध गाउँपालिका–११ का २७ वर्षीय समिर तामाङ, दोलखाको शैलुङ गाउँपालिका–२ का ३० वर्षीय दिनेश वाइबा, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ का ३० वर्षीय राज रसाइली र भारतको बिहार राज्य, मधुवनी जिल्ला कमलाहरी वडा नं. १२ का २२ वर्षीय कमलेश कुमार साह रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)