दल त्यागेको भन्दै जिसस प्रमुखसहित आठ जनप्रतिनिधि पदमुक्त
kendrabindu.com · Thu Nov 19 11:16:22 UTC 2026

खोटाङ । राजनीतिक दल त्याग गरेको भन्दै निर्वाचन आयोगले जिल्ला समन्वय समिति (जिसस) खोटाङका प्रमुख सनबहादुर राईसहित जिल्लाका आठ जना जनप्रतिनिधिको पद रिक्त गराएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिले दल त्याग गरेको जानकारी गराएपछि आयोगले मङ्सिर २ गते उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो । आयोगले मङ्सिर ३ गते प्रकाशित गरेको सूचनामार्फत पदमुक्त भएको जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)