पहिलो चौमासिकमा साढे १९ अर्ब बराबरको एफडीआई प्रतिबद्धता, कुन क्षेत्रमा कति ?
arthasansar.com · Thu Nov 19 11:15:35 UTC 2026

चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चौमासिकममा साढे १९ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा १९ अर्ब ५५ करोड २८ लाख रुपैयाँ बराबर लगानी स्वीकृत भएको हो ।
यस अवधिमा कुल ४९७ उद्योग दर्ता भएका छन् । कात्तिकका मात्र ८५ उद्योग दर्ता भएका छन् । जसमार्फत ३ अर्ब ४२ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ । गत आव कात्तिकसम्म ३६ अर्ब ६८ करोड बराबर एफडीआई स्वीकृत भएको थियो । चालु आव गत आवको तुलनामा झन्डै आधा कम भएको हो । चालु आव स्वीकृत एफडीआईमध्ये ४ ठूला र २ मझौला उद्योगमा आएको छ । बाँकी ४९१ साना प्रकृतिका उद्योगमा लगानी स्वीकृत भएको विभागले जनाएको ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)