असोजमा भित्रियो २ खर्ब ६७ अर्ब रेमिट्यान्स, बन्यो नयाँ रेकर्ड
kendrabindu.com · Thu Nov 19 11:28:36 UTC 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनामा भित्रिएको हालसम्मकै सबैभन्दा ठूलो रेमिट्यान्स रकम हो ।
यसअघि गत वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । असोजमा चाडपर्वका कारण विदेशमा रहेका नेपालीले स्वदेशमा बढी रकम पठाएको र रसुवामा आएको बाढीले समेत रेमिट्यान्स आप्रवाह बढाउन भूमिका खेलेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)