असोजमा रेमिट्यान्स २ खर्ब ६७ अर्ब, हालसम्मकै उच्च
aarthiknews.com

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च मासिक रेमिट्यान्स आप्रवाह हो । चाडपर्वको मौसम र रसुवामा आएको बाढीका कारण समेत रेमिट्यान्स प्रवाह बढेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले वृद्धि हुँदै ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)