निर्यातमा भएको वृद्धिले व्यापार घाटाको आकार घटेन, तीन महिनाको व्यापार घाटा रु. ५३२ अर्बभन्दा बढी
corporatenepal.com · Thu Nov 19 11:52:38 UTC 2026

काठमाडौँ । चालु आर्थिक बर्ष २०८३–८४ को पहिलो तीन महिना (साउनदेखि असोज) मा कुल वस्तु निर्यात ५७ प्रतिशतले वृद्धि भई रु. ११४ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८९.६ प्रतिशतले वृद्धि भएको थियो ।
पछिल्लो समयमा नेपालमा निर्यात व्यापारमा केही सुधार आएको देखिए पनि निर्यातको तुलनामा आयातको आकार निकै विशाल हुँदा व्यापार घाटामा भने खासै सुधार आउन सकेको देखिँदैन । समीक्षा अवधिमा पनि कुल वस्तु व्यापार घाटा ३४.७ प्रतिशतले वृद्धि भई रु.५३२ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)