मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ईनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

ratopati.com · Thu Nov 19 12:22:22 UTC 2026

काठमाडौँ । ईनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले ईनमसहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप एक साता हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएको हो ।

ईनमसँग कनेक्सन देखिएपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए । श्रेष्ठ कीर्तिपुरमा सञ्चालित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् । भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । । ईनमविरुद्ध प्रहरीले राष्ट्र बैङ्क ऐन २०५८ अन्तर्गतको कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ अन्तर्गतको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)