मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको मुद्धामा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी 

hamrakura.com · Thu Nov 19 00:00:00 UTC 2026

काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतले मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको सीआईबीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

यसै प्रकरणमा सीआईबीले बुधबार तत्कालीन दुई मन्त्रीसहित छ जना उच्चपदस्थ सरकारी अधिकारीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव, तत्कालीन सचिव विनोद केसी, सहसचिव राजीव पोखरेल र उमेश ढुङ्गाना तथा उपसचिव निर्मला गुरुङ हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)