सर्बिया पठाइदिन्छु भन्दै ३० लाख ३० हजार ठगी गर्ने युवक पक्राउ
kendrabindu.com · Fri Nov 20 01:49:57 UTC 2026

काठमाडौं । वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभन देखाएर ३० लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–१० का २४ वर्षीय रोशन खड्का रहेका छन्।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको हरिसिद्धीबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार खड्काले एक व्यक्तिलाई सर्बिया पठाइदिने भन्दै रु ३० लाख ३० हजार लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)