तीन महाशक्तिको ऐतिहासिक मिलन- तामझाम भव्य, ठोस उपलब्धि के भयो ?
lokaantar.com · Fri Nov 20 02:36:18 UTC 2026

चीनको दक्षिणी आधुनिक शहर सेन्जेनमा बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच इतिहासकै पहिलो त्रिपक्षीय शिखर वार्ता सम्पन्न भएको छ। शिखर सम्मेलनअघि नै अधिकारीहरूले यो बैठकबाट कुनै ठूला सम्झौता नहुने संकेत गरिसकेका थिए। अन्ततः भयो पनि त्यस्तै- कूटनीतिक सफलताभन्दा पनि तीन महाशक्ति राष्ट्रप्रमुखहरू एउटै टेबलमा बस्नु नै वार्ताको मुख्य उपलब्धि बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले विश्लेषण गरेका छन् ।
शहरको बाहिरी भेगमा रहेको 'काइलिन भिल्ला'को गोलमेचमा बराबर दूरीमा बसेका यी तीन नेताले जटिल बन्दै गएको विश्वलाई मिलेर डोर्याउने जिम्मेवारी आफूहरूको काँधमा रहेको बताए। बीचमा बसेका चिनियाँ राष्ट्रपति सीले वार्ताको शुरूआत गर्दै भने, 'इतिहासले हामीलाई सिकाउँछ कि जब महाशक्तिहरू शान्तिमा हुन्छन्, विश्व सुरक्षित हुन्छ; जब महाशक्तिहरू जुध्छन्, विश्व अराजकतामा फस्छ।' उता ट्रम्पले पनि एकसाथ बसेर संवाद गर्ने अवसरलाई अस्वीकार गरेर कहिल्यै शान्ति नआउने बताउँदै आफूहरूले फरक बाटो रोजेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)