आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका
arthasansar.com · Fri Nov 20 06:05:04 UTC 2026

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने प्रधानमन्त्री सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारत भ्रमणबारे औपचारिक जानकारी दिइएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत जान लागेका हुन् । परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाहले मङ्सिर ६ र ७ गते भारतको भ्रमण गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)