मधेशमा मुख्यमन्त्री दाबी पेसको समय घर्किँदै, सबैको नजर जसपा नेपालमा
nepalpress.com · Fri Nov 20 06:26:43 UTC 2026

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धन बनाउने समयसीमा घर्किँदै जाँदा पनि सत्ता समीकरणबारे अन्योल कायमै छ । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आज दिउँसो ४ बजेसम्मको समय दिए पनि मध्याह्नसम्म कुन दलबीच गठबन्धन बन्ने र कसको नेतृत्वमा सरकार गठन हुने भन्ने टुंगो लागिसकेको छैन ।
यतिबेला सबैको नजर प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालमाथि केन्द्रित छ । पार्टीका संरक्षक महन्थ ठाकुर हिजै हवाईमार्गबाट जनकपुरधाम आइपुगेका छन् भने अध्यक्ष उपेन्द्र यादव सडकमार्ग हुँदै जनकपुरधाम पुगेका छन् । दुवै नेता अहिले प्रदेशसभा सदस्यहरूसँग एक–एक गरी भेटघाट र परामर्शमा जुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)