मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले जारी गर्‍यो विज्ञप्ति

barnanmedia.com · Fri Nov 20 08:32:06 UTC 2026

​काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न दुईदिने राजकीय भारत भ्रमणबारे भारत सरकारले औपचारिक जानकारी गराएको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाह आगामी मङ्सिर ६ र ७ गते (२२–२३ नोभेम्बर, २०२६) नयाँ दिल्ली आउन लागेको पुष्टि गरेको हो ।

​भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मङ्सिर ७ गते समकक्षी मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । वार्तामा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूको बृहत् समीक्षा हुनुका साथै पारस्परिक हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा गहन छलफल हुनेछ । भ्रमणकै क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)