मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी विधानअनुसार नै महाधिवेशन प्रक्रिया अघि बढेको छ : निधि

himalpress.com · Fri Nov 20 08:46:42 UTC 2026

काठमाडौँ- नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता विमलेन्द्र निधिले पार्टीको विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन्।

शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधिले १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौँमा आयोजना गर्नका लागि विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)