मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन आयोगको प्रस्ताव: वैशाखमा स्थानीय, मंसिरमा प्रदेशसभा निर्वाचन

kalakarmi.com · Fri Nov 20 09:20:12 UTC 2026

काठमाडौं– निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह तथा मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले शुक्रवार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्दै दुवै तहको निर्वाचनका लागि प्रस्तावित समयतालिका प्रस्तुत गरेको हो ।

आयोगको प्रस्तावअनुसार स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा हुनेछ । निर्वाचनको मिति र तयारीबारे राजनीतिक दलहरूसँग सहमति जुटाउने उद्देश्यले आयोगले शीर्ष नेताहरूसँग परामर्श गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)