मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन सुधारमा दलहरूको साथले उत्साह मिलेको छ : प्रवक्ता भट्टराई

ratopati.com · Fri Nov 20 09:47:18 UTC 2026

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनका विषयमा प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गरेको छ । आयोगले शुक्रबार दलका नेताहरूसँग निर्वाचनको तयारी, मिति र सुधारका विषयमा सुझाव तथा प्रतिक्रिया लिएको हो ।

निर्वाचन सुधारका लागि दलहरूको साथ र सहयोगले उत्साह मिलेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् । स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि सबै दलबाट सहयोग प्राप्त भएको उनले जानकारी दिए । आयोगले दलहरूसँगै सरकारसँग पनि छलफल अघि बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)