दिल्लीमा बालेनको व्यस्त कार्यतालिका : मोदीदेखि मुर्मुसम्म भेटवार्ता(तालिकासहित)
reportersnepal.com · Fri Nov 20 11:08:16 UTC 2026

४ मंसिर, काठमाडौं । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ। मंसिर ६ र ७ गते हुने दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चपदस्थ भारतीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ बजेर १५ मिनेटमा नयाँ दिल्ली पुग्नेछन्। त्यसै दिन साँझ ६ बजे उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। उक्त भेट होटल ताजमहलमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)