प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक
barnanmedia.com · Fri Nov 20 11:31:06 UTC 2026

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक भएको छ। भारतीय विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले आगामी आइतबार र सोमबार (नोभेम्बर २२ र २३) भारतको भ्रमण गर्नेछन्।
कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो भारतीय समयानुसार ३ः१५ बजे (नेपाली समय ३ः३० बजे) नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा अवतरण गर्नेछन्। त्यसपछि साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उक्त भेट ताजमहल होटलमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)