स्थानीय तह र प्रदेश सभाको निर्वाचन संविधानको मर्म बमोजिम हुन्छ : निर्वाचन आयोग
hamrakura.com · Fri Nov 20 00:00:00 UTC 2026

काठमाडौँ । निर्वाचन आयोगले संविधान र कानुनको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुने स्पष्ट गरेको छ । राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूसँग आज यहाँ आयोजित कार्यक्रममा निर्वाचनको सम्भावित मितिबारे छलफल भएको हो ।
छलफल पश्चात् आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय र प्रदेश सभाको निर्वाचन एकै समयमा हुनुपर्ने र सम्बन्धित तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै गर्नुपर्ने संविधानको मर्मअनुसार परामर्श भएको बताए । सो विषयमा आन्तरिक छलफलपछि आयोग र सरकारलाई ठोस सुझाव दिने शीर्ष नेताहरूले विश्वास दिलाउनुभएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)