आयोग–राजनीतिक दलहरूको छलफल निष्कर्षविहीन, निष्पक्षतामाथि उठ्यो प्रश्न
ratopati.com · Fri Nov 20 14:15:00 UTC 2026

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश सभाको चुनाव गर्न प्रस्ताव गरेको छ । शुक्रबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले निर्वाचनको प्रस्ताव गरेको थियो, तर नेताहरूले संविधान र कानुन बमोजिम हुने निर्वाचनको समर्थन गरे पनि त्यसको निष्पक्षतामाथि प्रश्न उठाएका थिए ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको निष्पक्षतालाई लिएर गम्भीर चासो व्यक्त गरेका थिए । छलफलमा उनले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिए । मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)