मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न प्रचण्डको आग्रह

barnanmedia.com · Fri Nov 20 15:03:58 UTC 2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्। निर्वाचन आयोगले आयोजना गरेको राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलमा आफ्नो धारणा राख्दै उनले मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने बताएका हुन्।

संयोजक प्रचण्डले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनलगायतका विषयमा विभिन्न प्रश्न तथा गुनासा उठ्ने गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यस्ता समस्या दोहोरिन नदिन निर्वाचन आयोगको विशेष ध्यान जानुपर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)