मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दोभान–सान्थाक्रा सडक बन्द हुने

gorkhapatraonline.com · Fri Nov 20 13:56:39 UTC 2026

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा दोभान बजारदेखि गाउँपालिकाको केन्द्र सन्थाक्रासम्मको सडक कालोपत्रे गर्ने काम सुरु हुने भएपछि सडक खण्डमा सवारी आवागमन बन्द हुने भएको छ।

गाउँपालिकाले पहिलो खण्डको सडक कालोपत्रे गर्ने काम शनिबारदेखि सुरु गर्ने भएपछि साविकको साङ्थाक्रादेखि पहिलो टर्निङसम्म साना तथा ठुला सबै सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको हो। गाउँपालिकाका अनुसार दोभान बजारदेखि गाउँपालिकाको केन्द्रसम्म सडक कालोपत्रे गर्ने योजनाअन्तर्गत पहिलो चरणमा २.५ किलोमिटर सडक कालोपत्रे गरिने छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)