मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीगण्डकी कोरिडोरको विपद् क्षति अध्ययन गर्दै संसदीय समिति

gorkhapatraonline.com · Fri Nov 20 17:18:55 UTC 2026

राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले शुक्रबार बेनीमा विपद्जन्य घटनाबारे छलफल गर्दै सुझाव संकलन गरेको छ । गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाको कारण कालीगण्डकी कोरिडोर क्षेत्रमा भएको क्षतिबारे म्याग्दी र पर्वतका सरोकारवालासँग अन्तत्र्रिmया र छलफल गर्दै सुझाव संकलन गरेको हो ।

अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, पर्वत र बागलुङ जिल्लामा भएको क्षति तथा विपद् व्यवस्थापनको विषयमा समितिले सम्बन्धित क्षेत्रका जनप्रतिनिधि र सरोकारवालासँग अन्तरक्रिया गरेको छ । छलफलमा तीनवटै जिल्लाका विपद् प्रभावित स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभा सदस्य, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले विपद्बाट भएको क्षतिको विवरण प्रस्तुत गरेका थिए । स्थानीय तहका जनप्रतिनिधिहरुले विपद् पछिको पुनर्निर्माण र पुर्नस्थापनाका लागि संघीय सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)