इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
barnanmedia.com · Fri Nov 20 20:15:00 UTC 2026

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको बताउनुभएको छ । इजरायली सेना र अमेरिकी सेन्ट्रल कमान्डबीच आक्रमणका साझा योजना तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम निर्णयको प्रतीक्षा भइरहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।
द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुले वरिष्ठ मन्त्री तथा सुरक्षा अधिकारीहरूसँगको छलफलमा इरानविरुद्ध केही दिनसम्म सैन्य कारबाही गर्न अमेरिकी समर्थन जुटाउने प्रयास गरिरहनुभएको छ । तर, अमेरिकी अधिकारीहरूले नयाँ सैन्य द्वन्द्वका लागि उहाँले गरिरहेको पहलप्रति शङ्का व्यक्त गरेका छन् । आगामी अक्टोबर २७ को निर्वाचनमा संसद् नेसेटमा बहुमत गुमाएपछि आफ्नो राजनीतिक पद जोगाउने उद्देश्यले नेतान्याहुले यस्तो पहल गरेको हुन सक्ने अमेरिकी पक्षको आशङ्का छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)