मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

nepalnews.com · Thu Jun 25 00:47:30 GMT 2026

काठमाडौं । ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।

बिहिबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

समूह ‘सी’ अन्तर्गत एटलान्टा स्टेडियममा मोरक्कोले हाइटीलाई पराजित गर्‍यो । मियामी स्टेडियममा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेता बन्यो । ब्राजिलको ७ अंक छ । समान ७ अंक रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्यो।

स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई र मथेउस कुन्हाले एक गोल गरे । भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका थिए । भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल अग्रता दोब्बर बनाए । ६०औं मिनेटमा कुन्हाले गोल गर्दै अग्रता तेब्बर बनाए ।

दुईपटकको अग्रता जोगाउन नसक्दा हाइटी जितविहीन बन्न पुग्यो । माेरक्काेले हाइटीलाइ ४-२ ले पराजित गर्‍याे ।

१०औं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । ३९औं मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो ।

४३औं मिनेटमा हाइटीले दोस्रोपटक अग्रता लियो । उक्त अग्रता पनि जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मोरक्कोलाई बराबरीमा फर्काए ।

खेलको ७८औं मिनेटमा पहिलो अग्रता लिएको मोरक्कोले ८९औं मिनेटमा अर्काे गोल गर्दै अग्रता दुई गोलमा पुर्‍यायो । त्यसपछि गाेल हुन सकेन र माेरक्काे विजयी भएकाे हाे ।

हाइटी यसअघि नै प्रतियोगिताबाट बाहिरिदा स्कटल्यान्डको नकआउट पुग्ने झिनो सम्भावना कायमै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय