मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेशमा रहनुभएका नेपालीलाई मताधिकार सुनिश्चित गर्न कानुन संशोधनको प्रस्ताव

gorkhapatraonline.com · Sat Nov 21 07:21:41 UTC 2026

विदेशमा रहनु भएका नेपालीलाई मताधिकार सुनिश्चित र अन्तरजिल्ला मतदाताको व्यवस्था गर्न विभिन्न विकल्पसहित निर्वाचन आयोगले विद्यमान कानुनमा संशोधनका लागि प्रस्ताव अघि बढाएको छ । निर्वाचन आयोगले विदेशमा रहनु भएका नेपाली नागरिकलाई मतदानको अवसर प्रदान गर्न विभिन्न विकल्पसहित सरकारलाई कानुन संशोधनका लागि सुझाव दिएको छ ।

सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन आदेश दिइसकेको र प्रमुख राजनीतिक दलहरूले पनि यस विषयमा प्रतिबद्धता व्यक्त गरेकाले अब हुने निर्वाचनदेखि नै यसको कार्यान्वयन गर्ने तयारीमा आयोग रहेको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले आफ्नो पार्टीले निर्वाचन घोषणापत्रमा विदेशमा रहेका मतदाताको मताधिकारको मुद्दालाई प्राथमिकता दिएकाले अब हुने निर्वाचनमा यसको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । शुक्रबार आयोग र राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताबीचको छलफलमा यो विषय पनि उठाइएको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)