विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प
kendrabindu.com · Sat Nov 21 07:51:36 UTC 2026

काठमाडौं । विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित र अन्तरजिल्ला मतदाताको व्यवस्था गर्न विभिन्न विकल्पसहित निर्वाचन आयोगले विद्यमान कानुनमा संशोधनका लागि प्रस्ताव अघि बढाएको छ । आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर प्रदान गर्न विभिन्न विकल्पसहित सरकारलाई कानुन संशोधनका लागि सुझाव दिएको छ ।
सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन आदेश दिइसकेको र प्रमुख राजनीतिक दलहरूले पनि यस विषयमा प्रतिबद्धता व्यक्त गरेकाले अब हुने निर्वाचनदेखि नै यसको कार्यान्वयन गर्ने तयारीमा आयोग रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)