मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीलाई सास्ती, यातायातदेखि आवाससम्म समस्या

reportersnepal.com · Sat Nov 21 08:27:20 UTC 2026

ताप्लेजुङ । पूर्वी नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा (मुक्कुम्लुङ) मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्रीको संख्या बढ्दै गए पनि आवश्यक पूर्वाधार र व्यवस्थित यातायातको अभावमा भक्तजनले सास्ती खेप्नुपरेको छ। सडकको दयनीय अवस्था, यातायातमा सीमित विकल्प, होटलको अभाव र पदमार्गमा आधारभूत सुविधाको कमीले तीर्थयात्रा कठिन बनेको भक्तजनहरूले गुनासो गरेका छन् ।

तीर्थयात्रीको चाप बढेसँगै मन्दिर क्षेत्रमा होटलमा बसोबास गर्न र सवारीसाधन पाउनसमेत समस्या हुन थालेको छ। यसलाई मध्यनजर गर्दै पाथीभरा मन्दिर व्यवस्थापन समितिले अग्रिम होटल बुकिङ गर्न तथा यातायात व्यवसायीसँग समन्वय गरेर मात्रै यात्रा गर्न आग्रह गर्दै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)