ब्रेक्जिटपछि बेलायत-इयु सम्बन्ध सुधारमा सहमति
kendrabindu.com · Sat Nov 21 09:09:11 UTC 2026

ब्रसेल्स । ब्रेक्जिटपछि एक दशकदेखि कमजोर बनेको सम्बन्ध सुधार्न बेलायत र युरोपेली सङ्घ (इयु) व्यापार, युवा आदानप्रदान, आप्रवासन र सुरक्षासम्बन्धी सहकार्य विस्तार गर्न सहमत भएका छन् ।
शुक्रबार ब्रसेल्समा भएको दोस्रो इयु–बेलायत शिखर सम्मेलनमा प्रधानमन्त्री एन्डी बर्नह्याम, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले नयाँ सम्झौतामा सहमति जनाएकी हुन् । बर्नह्यामका अनुसार सम्झौताले बेलायतको कुल गार्हस्थ्य उत्पादनमा शून्य दशमलव पाँच प्रतिशतसम्म योगदान पुर्याउनुका साथै करिब १७ अर्ब पाउन्डको आर्थिक लाभ दिने अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)