सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु
ratopati.com · Sat Nov 21 09:10:33 UTC 2026

कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता सुरु भएको छ । स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगितामा पाँच वटा विश्वविद्यालयका दश वटा टिमबिच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष जेलिना भट्टले बताइन् ।
ह्याकाथन भनेको निश्चित छोटो समयभित्र प्रोग्रामर, डिजाइनर र विज्ञहरूले मिलेर सफ्टवेयर, एप वा प्रविधिमार्फत कुनै समस्याको समाधान वा प्रोटोटाइप तयार गर्ने प्रतिस्पर्धात्मक कार्यक्रम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)