मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राज्यले कहिले सिक्ने नागरिकको भाषा ?

ratopati.com · Sat Nov 21 09:15:00 UTC 2026

हामीले मुलुकमा ठुलो राजनीतिक, सामाजिक तथा संस्थागत परिवर्तन गर्‍यौँ । एकात्मकताबाट सङ्घीयता र निरङ्कुश राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना त्यसैतर्फ चालिएका पाइला थिए । नेपालको वर्तमान संविधानले मुलुकलाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राज्यका रूपमा पूर्ण स्वीकार गर्दै समावेशिता, समानता, सामाजिक न्याय र नागरिक सहभागितालाई राज्य सञ्चालनको मुख्य र मजबुत आधार मानेको छ ।

तर यसै सन्दर्भमा एउटा अत्यन्तै गम्भीर, मौलिक र विचारणीय प्रश्न अझै पनि जीवितै छ, के राज्यको यो राजनीतिक दर्शन, संविधानको मर्म र संरचनामा आएको ऐतिहासिक परिवर्तन राज्यले आफ्ना आम नागरिकहरूसँग दैनिक व्यवहारमा बोल्ने भाषामा पर्याप्त रूपमा प्रतिबिम्बित भएको छ ?

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)