पितृ उद्धारका लागि त्रिवेणीमा विशेष यज्ञ लगाइने
gorkhapatraonline.com · Sat Nov 21 09:17:30 UTC 2026

नवलपुरको त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा सञ्चालन भइरहेको एक महिने अष्टाचल धनधान्याचल श्री गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञअन्तर्गत पितृ उद्धारका लागि तीन दिने विशेष यज्ञ आयोजना गरिने भएको छ।
विश्वशान्ति तथा पितृ उद्धारको उद्देश्यसहित मुक्तिनाथ बाबाको सत्सङ्कल्पमा सञ्चालित महायज्ञमा मंसिर २० देखि २२ गते पितृ उद्धार यज्ञका लागि समय छुट्याइएको १००८ स्वामी कमलनयन आचार्यले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)