बाबुले आफ्नै छोराछोरीको गरे हत्या, श्रीमती र अर्का एक छोरा गम्भीर घाइते
kendrabindu.com · Sat Nov 21 09:13:32 UTC 2026

काठमाडौं । दैलेखमा एक बाबुले आफ्नै श्रीमती र तीन जना छोराछोरीमाथि बञ्चरो प्रहार गर्दा दुई बालबालिकाले ज्यान गुमाएका छन् । श्रीमती र अर्का एक छोरा गम्भीर घाइते भएका छन् ।
सामान्य घरायसी विवादले यति भयावह रूप लियो कि तीन वर्षीया बालिकादेखि १२ वर्षीय बालकसम्म बाबुको आक्रमणमा परे । घटना दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाको हो । शनिबार बिहान करिब साढे ९ बजे ३८ वर्षीय अम्बर सलामी मगरले आफ्नै परिवारका सदस्यहरूमाथि बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)