मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

canadanepal.com · Sat Nov 21 09:28:58 UTC 2026

एजेन्सी - इरान युद्धले हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा पारेको जोखिम उजागर गर्न बेलायती पौडी खेलाडी लुइस पुघले द्वन्द्वग्रस्त जलमार्गमा तीन दिन लगाएर करिब १५ किलोमिटर पौडी खेलेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासागरसम्बन्धी संरक्षकसमेत रहेका ५६ वर्षीय पुघले पौडीका क्रममा नजिकै तेल ट्याङ्करमा आक्रमण हुँदा विस्फोट भएको देखे । उनका अनुसार जहाजमा भएको आक्रमण र त्यसबाट फैलिने तेल तथा रासायनिक प्रदूषणले समुद्री जीव, मुगा चट्टान र म्यान्ग्रोभ वनलाई दीर्घकालीन जोखिममा पार्न सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)