मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेताको स्वार्थमा बनेको दुई दलीय गठबन्धन सरकार टिक्दैन : प्रभु साह

rajdhanidaily.com · Sun Aug 18 23:17:56 UTC 2024

सर्लाही । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् । आजपाको सर्लाही जिल्ला भेलालाई आइतबार मलंगवामा सम्बोधन गर्दै अध्यक्ष साहले आम जनादेश विपरितको सिमित नेताको स्वार्थमा बनेको कांग्रेस र एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने बताए ।

‘यो दुई दलीय गठबन्धन धेरै दिन टिक्दैन् । यो गठबन्धन नै जनादेश विपरितको छ । केही सिमित नेताजीको स्वार्थका लागि बनेको गठबन्धन हो । वास्तवमा यो गठबन्धन होईन ठगबन्धन हो’ आजपा अध्यक्ष साहले भने, ‘जनादेश विपरित, सिमित नेताको स्वार्थका लागि बनेको यो दुई दलीय गठबन्धन आम जनताको चाहनामा बनेको होईन् । केही सिमित नेताको स्वार्थका लागि बनेको दुई दलीय गठबन्धनको सरकार धेरै दिन टिक्दैटिक्दैन् ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)