‘एकैसाथ सम्भव छ स्थानीय तह र प्रदेश सभा निर्वाचन’
gorkhapatraonline.com · Sun Nov 22 00:33:03 UTC 2026

२०८४ सालमा स्थानीय तह र प्रदेश सभा निर्वाचन गर्नुपर्ने भएपछि दुवै निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै गर्ने विषयमा बहस सुरु भएको छ । करिब छ महिनाको अन्तरालमा दुई वटा निर्वाचन गराउँदा राज्यको ठुलो धनराशि खर्च हुने र ठुलो सङ्ख्यामा कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भएकाले दुवै निर्वाचन एकै पटक गर्ने विकल्पबारे छलफल हुन थालेको हो ।
देशका ७५३ वटै स्थानीय तहका जनप्रतिनिधिको पाँचबर्से कार्यकाल २०८४ जेठ ५ गते पूरा हुँदै छ । सात वटै प्रदेशमा प्रदेश सभा सदस्यको निर्वाचन पनि सोही वर्ष मङ्सिरमा गर्नुपर्ने छ । यसरी सरकारसामु छोटो अवधिमै दुई वटा निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)