मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

arthasansar.com · Sun Nov 22 03:41:52 UTC 2026

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन् । दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम तय भएको छ । सामान्यतया भारत भ्रमणमा आउने अन्य देशका प्रधानमन्त्रीहरूलाई विमानस्थलमा राज्यमन्त्रीहरूले नै स्वागत गर्ने परम्परा रहँदै आएको छ ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ः४५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । विमानस्थलबाट प्रधानमन्त्री सिधै नयाँ दिल्लीस्थित होटल ताज मानसिंह (ताज महल) जानेछन् । साँझ ६ बजे सोही होटलमा भारतीय विदेशमन्त्री डा एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री शाहको भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ । भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डाहरू फहराइएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)