मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तह गैरदलीय बनाउन सुझाव, रास्वपामै विरोधाभास

ratopati.com · Sun Nov 22 05:15:50 UTC 2026

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचन गैरदलीय हुनुपर्ने माग राख्दै विभिन्न समूहले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउन थालेका छन् । निर्वाचन आयोगले आगामी चैतको पहिलो साता स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने गरी तयारी थालेपछि बिहीबार विभिन्न गैरराजनीतिक समूहले आयोगसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।

गैरदलीय स्थानीय सरकार निर्माण अभियानले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसँग भेट गरी स्थानीय तह निर्वाचन गैरदलीय बनाउन माग गरेको छ । अभियानका संयोजक दिनेश सुवेदीले नेपालको संविधानले स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनुपर्ने परिकल्पना नगरेको दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)