मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ

ratopati.com · Sun Nov 22 05:19:50 UTC 2026

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शुक्रबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

यसअघि प्रदेश प्रमुखको कार्यालयले कात्तिक २८ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)