अलैँची कपको उपाधिका लागि फेदाप र मरिक भिड्ने
gorkhapatraonline.com · Sun Nov 22 09:00:56 UTC 2026
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४, साँवास्थित पर्यटकीय गन्तव्य फङफङदेन झरनामा जारी अलैँची कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि तेह्रथुमको फेदाप गाउँपालिका र धरानको मरिक एफसीबिच प्रतिस्पर्धा हुने भएको छ।
शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाँचथरको कुम्मायक कुस्सायक स्पोर्टिङ क्लबलाई ३–२ गोलले पराजित गर्दै मरिक एफसीले फाइनलमा स्थान सुरक्षित गरेको हो । यसअघि फेदाप गाउँपालिकाले पहिलो सेमिफाइनल खेलमा आयोजक फङफङदेन झरना पर्यटन विकास समितिलाई १–० गोलले पराजित पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)