धनुषामा कम्मरमा पेस्तोल र गोली लुकाएर हिँडिरहेकी महिला पक्राउ
kendrabindu.com · Sun Nov 22 09:03:34 UTC 2026

धनुषा । धनुषामा कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोलकी ४० वर्षीया गंगावती महतो रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार बिहान करिब ११ बजे धनुषाधाम नगरपालिका–४ स्थित गौरीपुर टोलबाट नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)