मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री बालेनलाई स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेट तयार

ratopati.com · Sun Nov 22 09:07:25 UTC 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री शाहलाई स्वागत गर्न विमानस्थलमा रेड कार्पेट बिछ्याइएको छ । उनको स्वागतका लागि विमानस्थलमा आवश्यक तयारी पूरा गरिएको छ ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गरिसकेका छन । उनी नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे नयाँ दिल्ली पुग्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)