प्रधानमन्त्री बालेनको बसाइ ताज होटलमा, साँझ विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
hamrakura.com · Sun Nov 22 00:00:00 UTC 2026

नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र साह बालेन भारतको दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आज अपराह्न नयाँ दिल्ली आइपुग्दैछन्। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनी सिधै बसाइका लागि तय गरिएको होटल ताजमहल प्रस्थान गर्ने कार्यक्रम छ।
भ्रमणको पहिलो दिन आज साँझ ६ बजे प्रधानमन्त्री साहसँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। उक्त भेटवार्ता प्रधानमन्त्री साह बसेकै होटल ताजमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)