मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ताज होटलमै हुन्छ प्रधानमन्त्री बालेन र विदेशमन्त्री जयशंकरबीच वार्ता

ratopati.com · Sun Nov 22 10:29:22 UTC 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगिसकेका छन् । आइतबार उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका वाणिज्य, उद्योग तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए ।

विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै ताज होटल पुगेका छन् । त्यहाँ केहीबेरमा परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले उनलाई भ्रमणबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)