प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, राज्यमन्त्रीले गरे स्वागत
barnanmedia.com · Sun Nov 22 10:29:10 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्। नेपाल एयरलाइन्सको विमानबाट आइतबार नेपाली समयअनुसार दिउँसो ३ः३० बजे उनी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री शाहलाई स्वागत गर्न विमानस्थलमा रेड कार्पेट बिछ्याइएको थियो। उनलाई भारतका राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा गएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)