प्रधानमन्त्री बालेनलाई नयाँदिल्लीमा भव्य स्वागत, काे आए विमानस्थलमा ?
sutranews.com · Sun Nov 22 10:36:04 UTC 2026

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली आइपुगेका छन् ।प्रधानमन्त्री बालेन नेपाल एयरलाइन्सको नियमित उडानबाट आइतबार दिउँसो स्थानीय समयअनुसार ३:१५ बजे इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल अवतरण गरे ।उनलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए ।त्यस अवसरमा भारतका लागि नेपालका राजदूत डा निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार र नयाँ दिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी लगायतको उपस्थिति थियो
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)